कास्कीका सिडिओको सरुवा

समाधान संवाददाता २०८१ जेठ १७ गते ११:५७

पोखरा ।
सरकारले कास्कीसहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)मसेत २५ जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले बुधबार कास्की, चितवन, सुनसरी, मकवानपुर, सप्तरी, सर्लाहीलगायत जिल्लाका सिडिओलाई सरुवा गरेको हो ।

Advertisement


कास्कीका सिडिओ बासुदेव घिमिरेलाई गृह मन्त्रालय तानिएको छ । यहाँ भरतमणि पाण्डेलाई पठाइएको छ । सुनसरीका सिडिओ जयनारायण आचार्यलाई कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ । त्यहाँ रामचन्द्र तिवारीलाई सिडिओको जिम्मेवारी दिइएको छ । मकवानपुरका सिडिओ सूर्यप्रसाद सेढाईलाई काभ्रे सरुवा गरिएको छ ।

तिनको ठाउँमा तीर्थराज चिलुवालाई पठाइएको छ । चितवनका सिडिओ भुपेन्द्र थापालाई सिन्धुपाल्चोक सरुवा गरिएको छ । त्यहाँ इन्द्रदेव यादवलाई पठाइएको छ । अध्यागमन कार्यालय त्रिअबिमा सुरेश पन्थीलाई पठाइएको छ । त्यहाँका नरबहादुर थापालाई भोजपुरको सिडिओको जिम्मेवारी दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया