सगरमाथा आरोहण गरेर फर्किने क्रममा पाेखराका बस्ताकोटीको निधन
समाधान संवाददाता
२०८१ जेठ १७ गते १२:२०

पोखरा ।
सगरमाथा आरोहण गरेर फर्किने क्रममा बिनोदबाबु बस्ताकोटीको निधन भएको छ । पोखरा २६ लेखनाथका बस्ताकोटीको जेठ ९ गते निधन भएको हो ।
सगरमाथा आरोहण गरी फर्किने सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आई पुग्दा उनको मृत्यु भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बस्ताकोटीप्रति समवेदना प्रकट गरेका छन् । उनले भनेका छन्, ‘सगरमाथाको सफल आरोहण पश्चात फर्कने क्रममा सगरमाथा मै सदाका लागि बिदा हुनुभएका पोखराका सफल पर्यटन व्यवसायि मित्र बिनोदबाबु बस्ताकोटी प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दछु । शोकको यस दुखद घडीमा सम्पुर्ण परिवारजनमा गहिरो गर्दछु।’
सम्बन्धित








मतदाता संख्या १ करोड ८९ लाख
लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया