मध्यपहाडी लोकमार्गले लेखनाथमा खानेपानी प्रभावित

लेखनाथ ।
राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाको पानी वितरण प्रणाली प्रभावित भएको छ ।
पानीको मुहान भन्दा माथी मादी ७ को पानीघाँट र पोखरा २० को आटीघर मौजाको भागमा बाटो खन्ने क्रममा आएको ढुंगा तथा माटोका कारणले खानेपानी सप्लाई अवरुद्ध भएको हो ।
वर्षाका कारण आएको बाढिले पानी संकलन केन्द्रमा ढुंगा, माटो थुपारेकाले पानी वितरणमा असुविधा पुगेको संस्थाका प्रमुख शिवप्रसाद अमात्यले जानकारी दिए । पानी वितरण प्रभावित हुँदा तालचोक देखि वेगनासताल क्षेत्र र भण्डारढीक देखि गगनगौडा सम्मका उपभोक्तामा प्रत्यक्ष असर परेको उनको भनाइ छ ।
हरेक वर्ष वर्षादको समयमा आउने समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न प्रयास गरे पनि पनि विकासका नाममा खनिने बाटोघाटो र अन्य भौतीक निर्माणका कार्यले खानेपानी प्रभावित हुने गरेको संस्थाका अध्यक्ष मुरारी शर्माको भनाइ छ ।
‘पानी आउन रोकीए पछि दुईवटा सववोइल र आठ वटा बोरिङले उपभोक्ताको मागलाई पुर्ति गरिरहेका छौं, तर यतिले माग पुरा भएको छैन । केही जग्गा अधिकरण गरि थप पानीका पोखरी निर्माण गर्ने हाम्रो योजना छ ।’ उनले भने ।
लेखनाथमा करिव १६ हजार चार सय ५९ घरधुरीका करिव एक लाख भन्दा बढि उपभोक्ताहरु रहेका छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया