एमाले पोखरा महानगर अधिवेशनको तयारी पूरा

समाधान संवाददाता २०८१ जेठ १७ गते १६:३३

पोखरा ।
नेकपा (एमाले) पोखरा पोखरा महानगरपालिका कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ । राज्य पुन संरचनासँगै नेकपा (एमाले)ले ७५३ स्थानीय तहमा नै पालिका कमिटी गठन गरेको थियो ।

नेकपा (एमाले) पोखरा महानगरपालीका कमिटीको दोस्रो अधिवेशनका लागि वडा, जनवर्गीय संगठनबाट आउने प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।


११६ सदस्यीय आयोजक कमीटी, ४८ सदस्यीय सल्लाहकार समिति, वडा कमीटी २९६ ,जनवर्गीय संघठनबाट ३७ गरीसमेत गरी कुल ४९७ जना प्रतिनिधि रहनेछन् ।

Advertisement

जेठ १९ र २० गते पोखरा सभागृहमा चल्ने अधिवेशनको उदघाटन नेकपा (एमाले)का केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने कार्यक्रम तय भएको छ । त्यसपश्चात बन्द सत्रका कार्यक्रमसमेत पोखरा सभागृहमा सञ्चालन हुने छन् ।

कमिटीले दोस्रो अधिवेशनको लोगो सार्वजनिक गरेको छ । पोखरा झल्किने लोगोमा नेकपा (एमाले) को पार्टीको झण्डा, चुनाव चिन्ह, माछापुच्छ«े हिमालको दृश्य समावेश गरीएको छ ।

Advertisement


नेकपा (एमाले) पोखरा महानगर अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष र सचिव १/१ जना, उपसचिव २ जनासहित १०१ जना छनोट हुने नेकपा (एमाले) पोखरा महानगर कमिटीका अध्यक्ष दिलीप न्यौपानेले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया