टोल विकासको कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण

पोखरा ।
पोखरा–९ स्थित वास्तोलाथर टोल विकास संस्थाको पहिलो साधारणसभाका अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट १ सय २० टोलवासी लाभान्वित भएका छन् । उक्त अवसरमा थाइराइड, कोलस्ट्रोल, डायविटिज र युरिक एसिड सम्वन्धि परीक्षण गरिएको संस्थाले जनाएको छ ।
निशुल्क स्वास्थ्य जाँचको क्रममा युआरएल पोखरा र सिटी डायविटिज न्यूरोड एण्ड हर्मन क्लिनिक प्रालि पोखरा–९ ले सहयोग गरेका थिए । कार्यक्रमका मुख्य अतिथि पोखरा ९ का वडाअध्यक्ष दीपेन्द्र मर्सानीले टोलवासी एक भएर अगाडि बढ्दै विकास निर्माणका काममा सहकार्य गर्न आह्वान गरेका थिए ।
सभालाई सल्लाहकारद्वय कृष्णप्रसाद कोइराला र शंकर देवकोटाले सम्वोधन गर्दै टोलको उन्नति र विकासबारे चर्चा गरी भावि कार्यक्रमबारे प्रकाश पारेका थिए । सचिव प्रकाश बास्तोला र कोषाध्यक्ष गणेशप्रसाद कोइरालाले सो अवसरमा आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोपाल वास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थितिहरूलाई संस्थाका उपाध्यक्ष ध्रुव गुरुङले स्वागत गरेका थिए ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया