
पोखरा ।
पृथ्वीराजमार्गको पोखरा मुग्लिन सडक विस्तार अन्र्तगत पोखरा १४ चाउथे चोकदेखि पोखरा विमानस्थलसम्म कालोपत्रे गर्न सुरु गरिएको छ । डेढ किलोमिटर खण्डमा एकतर्फी आधा भाग बुधबार कालोपत्रे गरिएको छ भने आधा भाग शुक्रबार गरिने तयारी छ ।
कालोपत्रे गर्नु अघि सडकमा राखिने बेसलाई २४ घण्टासम्म राख्नुपर्ने भएकाले आधा/आधा गरेर काम गरिएको मुग्लिन—पोखरा सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले बताए । सडक विस्तारसँगै यातायातलाई पनि ध्यान राख्न पर्ने भएकाले काममा ढिलासुस्ती हुने उनको भनाइ छ ।
‘एकतर्फ सवारी साधन हिड्न पर्यो एकतर्फमात्र काम हुन्छ । कहिले सामाग्रीको अभाव हुन्छ, मौसमले पनि साथ दिनुपर्यो,’ उनले भने, ‘कालोपत्रे गर्न सुरु गरेका छौं । सुरुवातमा सात सय मिटर सडक कालोपत्र हुनेछ । बेस तयार भएका ठाउँमा समेत क्रमश मौसमले साथ दिए काम गर्नेछौं ।’
पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको पौडेलले जानकारी दिए । कामले गति लिइरहेको भए पनि बर्खा लाग्न थालेकाले विस्तार कार्य अघि नबढाउने योजना रहेको उनले सुनाए ।
पश्चिम खण्डमा तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर भएपनि हालसम्म २५ प्रतिशत मात्र भौतिक प्रगति भएको पौडेलले बताए । वित्तिय प्रगति पनि २५/२६ प्रतिशत नै भएको छ ।
जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म खण्ड खण्ड गरेर १५ प्रतिशत सडक कालोपत्रे गरिएको छ । आगामी भदौसम्म म्याद भएपनि डेढ वर्ष भित्र सक्ने लक्ष्य रहेको पौडेलले जनाए ।
‘बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणले काम प्रभावित भएको थियो । ‘सर्वसाधरणका समस्यालाई ध्यानमा राखेर निर्धारित समयमै काम पूरा गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएका छौँ ।’ पौडेलले भने ।
उनका अनुसार हालसम्म समग्रमा आबुखैरनीदेखि पोखरासम्मको सडक विस्तारको काम ४३ प्रतिशत मात्रै सकिएको छ । पूर्वी खण्डमा ६० र पूश्चिम खण्डमा २५ प्रतिशत मात्रै काम सकिएको छ ।
पूर्वी खण्डको ४१ किलोमिटरमध्ये २४ किलोमिटर दुईतर्फी र ८ किलोमिटर खण्ड एकतर्फी कालोपत्रे भएको छ । पश्चिमखण्डका १३ किलोमिटर एकतर्फी कालोपत्रे भएको छ । ८० किलोमिटरमध्ये ४५ किलोमिटर सकडमा कालापत्रे गरिएको छ भने करिब ३५ किलोमिटर बाँकि छ ।
पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरा ३८ दशमलव ८८ किलोमिटर दूरीको जसमध्ये २० किलोमिटर दूरीमा छ लेनको बनाइने आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार राजमार्गको पश्चिम खण्डमा १२ वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्भर्ट निर्माण हुनेछ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म ६ लेनको बन्ने भएको छ ।
२०७८ जेठमा सात अर्ब ४० करोड ४६ लाख लागतमा पश्चिम खण्डको निर्माण ठेक्का अनहुई काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको थियो । सम्झौता अनुसार ०८१ भदौभित्रमा सम्पन्न गर्नुपर्नेछ ।

प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया