बुद्ध विशाल बजारका व्यवसायीलाई स्वास्थ्य परीक्षणमा छुट

समाधान संवाददाता २०८१ जेठ १८ गते ११:४९

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखरा ४ महेन्द्रपुलमा आवद्ध सदस्यलाई पोखरा न्युरोडमा रहेको एनआरएलमा विशेष छुट दिइने भएको छ ।

Advertisement

पोखराको न्युरोडमा रहेको एनआरएलमा हुने कुनैपनि किसिमको ल्याब सम्बन्धी जाँचमा एसोसियसनमा आवद्ध सदस्यहरुलाई ३५ प्रतिशत छुट दिइने भएको हो ।

बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका उपाध्यक्ष बुद्धिबहादुर कुँवर र एनआरएल पोखराकी मार्केटिङ मेनेजर समिता आचार्यबिच सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त कार्यको सुरुआत गरिएको हो ।

Advertisement


बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष इन्द्रराज अर्यालले एनआरएलसँगको सहकार्यले विशाल बजारका व्यवसायी साथीहरूलाई बाहिर गर्नुपर्ने महँगा जाँच र नियमित स्वास्थ्य परीक्षणमा सहज हुने बताए ।

एसोसियसनका उपाध्यक्ष बुद्धिबहादुर कुँवरले एनआरएलसँगको सहकार्यले विशाल बजारका व्यवसायी साथीहरूलाई स्वास्थ्य परीक्षणमा थोरै भए पनि राहत पुग्ने भएकाले एसोसियसनले पहल गरेको बताए ।

Advertisement


एनआरएलकी मार्केटिङ मेनेजर समिता आचार्यले बुद्धविशाल बजार व्यापारिक एसोसिएसनमा आवद्ध सदस्यहरुले यो सम्झौताबाट कुनै पनि ल्याब सम्बन्धी जाँचमा ३५ प्रतिशत छुट पाउने बताइन् ।

एनआरएलमा हाल रगत, दिसा, पिसाब, खकार, विर्य, मधुमेह, थाइराइड, मृगौला, कलेजो, बोसोको मात्रा, हर्मन, इन्जाइन, भिटामिन, लगायत सम्पूर्ण शरीरको तत्वहरुको परीक्षण गराउँदै आइरहेको समेत मार्केटिङ मेनेजर आचार्यले बताइन् । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनमा १ सय ८० सदस्य आवद्ध छन् ।

तपाईको प्रतिक्रिया