छात्रतर्फ कालिका र छात्रातर्फ अमरसिंहलाई उपाधि

पोखरा ।
पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा भएको कास्की जिल्ला स्तरीय तेस्रो ब्रेकिङ बाउन्ड्रीज अन्तर मावि छात्र छात्रा क्रिकेट प्रतियोगितामा छात्रतर्फ कालिका र छात्रातर्फ अम्मरसिंह मावि विजयी भएका छन् ।
पोखरा रंगशालामा बिहीबार भएको फाइनल खेलमा छात्रतर्फ कालिकाले नवप्रभात माविलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भयो । टस जितेर ब्याटिङ गरेको नवप्रभातले ११.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५२ रनमात्रै बनाएको थियो । नव प्रभातका अनिश पटेलले १३ रन जोडे ।
कालिकाका बलरहरू टंक आचार्य र मनोज नेपालीले समान २ विकेट लिए । जितका लागि ५३ रनको लक्ष्य पछाएको कालिकाले ७.६ ओभरमा ४ विकेट गुमाएर जित हासिल ग¥यो । कालिकाका लागि टंकले अभिजित १२ तथा समिर अधिकारीले १२ रन बनाए । नव प्रभातका अनिश पटेल र समीर भुजेलले समान २ विकेट लिए ।
छात्रतर्फ अमरसिंहले सिद्ध माविलाई १५ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिला ब्याटिङ गरेको अमरसिंहले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । अमरसिंहका सुबिना गुरुङले १६ तथा चन्द्रमाया बरालले १० रन जोडिन् । प्रतिउत्तरमा सिद्धको पारी ९० रनमै समेटियो । सिद्धको तर्फबाट रचना चौधरीले १८ रन बनाएकी थिइन् ।
प्रतियोगितामा छात्रतर्फ कालिकाका समिर अधिकारी सर्वोत्कृष्ट खेलाडी, नवप्रभातका अनिश पटेल उत्कृष्ट बलर तथा सिद्धका निशान नेपाली उत्कृष्ट ब्याट्सम्यान बने । छात्रातर्फ अमरसिंहकी चन्द्रमाया बराल सर्वोत्कृष्ट खेलाडी, सिद्धकी रचना चौधरी उत्कृष्ट बलर तथा सिद्धकै रोजी परियार उत्कृष्ट ब्याटर भइन् ।
प्रतियोगिताका विजयी खेलाडी तथा टिमलाई समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाली सेना विजयपुर ब्यारेकका प्रमुख सेनानी निरुत्तम पौडेल, पोखरा महानगर खेलकुद समितिका अध्यक्ष दीपकबहादुर गोदार, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जय सिग्देल, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की अध्यक्ष राजन पौडेल, सहयोगी संस्था किडासा फाउन्डेसनका कार्यक्रम विश्लेषक कृपासु निरौला लगायतले सिल्ड, मेडल, प्रमाणपत्र पुस्कार वितरण गरे । आयोजक समिति अध्यक्ष बबिन कुँवरको अध्यक्षतामा कार्यक्रम भएको हो ।
तपाईको प्रतिक्रिया