एलजीको खेल्छ नेपाल

समाधान संवाददाता २०८१ जेठ १८ गते १३:०९

पोखरा ।

Advertisement


टी २० क्रीकेट वल्र्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ । जसमा नेपाल सन २०१४ पछि दोस्रोपटक भाग लिँदैछ । नेपाली क्रिकेट टिम यो केही समय देखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ र यसपालि नेपाली टिमले टी २० क्रिकेट वल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ ।


नेपाली क्रिकेट टिमको र सम्पूर्ण वल्र्ड कप म्याचहरु घरमै बसी बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ । यस योजना अन्तर्गत ग्राहकले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन् ।

योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एसएनफोर उपहार सित्तैमा पाइनेछ ।


कम्पनीका अनुसार ३२ इन्चदेखि ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टिभी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टिभीहरुमा ३ वर्षको फुल वारेन्टी छ । र कुनै पनि एलजी टिभीको खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ ।

Advertisement


ग्राहक वर्गहरुले यो बिमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् । यसका साथसाथै शून्य प्रतिशत ब्याजदरमा इएमआई, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि छ ।


यो योजना जेठ १७ गते देखी नेपाल अधिराज्यभरी सीमित अवधिका लागि लागु गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स छ ।

तपाईको प्रतिक्रिया