कास्की कांग्रेसको प्रशिक्षण
पोखरा ।
नेपाली र्काग्रेस कास्कीको प्रशिक्षण सप्ताह बिहीबारदेखि सुरु भएको छ । सातै दिन बेग्लाबेग्लै समूहमा प्रशिक्षण दिइनेछ ।
सप्ताहको पहिलो दिन जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्य, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, पोखरा महानगरपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापूच्छ्रे गाउँपालिकाका पदाधिकारीलाई प्रशिक्षण दिइएको नेपाली कांग्रेस कास्कीका सहसचिव एवं कार्यक्रम संयोजक नवीन सिग्देलले जानकारी दिए।
प्रमुख प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक पुरुषोत्तम दाहाल र प्रशिक्षकमा कास्की कांग्रेस सभापति किशोरदत्त बराल छन् ।
नेपाली कांग्रेस प्रशिक्षण शाखाका प्रमुख एवं कास्की कांग्रेसका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की कांग्रेस सदस्य तारादेवी गुरुङ, डिएलए कास्कीका अध्यक्ष कपिलमणि दाहाल, नेता होमबहादुर बाँनिया र नेतृ रामकुमारी पौडेलले बोलेका थिए । प्रशिक्षण सप्ताह २३ गतेसम्म चल्नेछ ।








समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
सामुदायिक स्कुल विकासका प्रयास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया