पालिकास्तरीय बाल सञ्जाललाई अभिमुखीकरण

पोखरा ।
कास्की जिल्लाको मादी गाउँपालिकामा पालिकास्तरीय बाल सञ्जालका पदाधिकारी केन्द्रित बालअधिकारसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष देवीजङ गुरुङले बालबालिकासँग सम्बन्धित अनेकौ चुनौती रहेतापनि पालिकाले आगामी आर्थिक वर्षको बजेट योजनाको क्रममा रहेकाले बालबालिकाको क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गर्ने बताए ।
उनले पालिका सदा नमूना बालसंजालको रूपमा पहिचान बनाउन तत्पर रहेकाले बालबालिकासँग सम्बन्धित समस्या तथा आवश्यकताबारे समयमै पालिकामा जानकारी गराउनुसमेत अनुरोध गरे ।
मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङले सञ्जालका पदाधिकारी र अन्य बालबालिकालाई आफ्नो पहिचान, अनुशासन र इमान्दारीलाई पहिचान गरेर भविष्यको असल नेतृत्वकर्ता बन्न सुझाव दिइन् ।
मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले बाल सञ्जालको सफल कार्यकालको शुभकामना दिदैँ अधिकारसँगै कर्तव्यको पालनामा जोड दिन सुझाव दिए ।
यही ज्येष्ठ १५ र १६ गते मादी–३, याङ्जाकोटमा सञ्चालित उक्त अभिमुखीकरणमा राष्ट्रिय बालअधिकार परिषद्, गण्डकी प्रदेशका समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले भने सहजीकरण गरेका थिए ।
मादी गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गुड नेवर्स इन्टरनेसनल नेपाल र नौलो घुम्ती नेपालको साझेदारी थियो । बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै आयोजना गरिएको कार्यक्रममा पालिकाका १२ वटै वडाका १३ विद्यालयका २६ बालबालिका तथा बालक्लबका संरक्षक शिक्षकको सहभागिता रहेको थियो ।
बालबालिकासम्बन्धी नियमावली २०७८ को परिच्छेद ०२ बमोजिम गठित १३ सदस्यीय पालिकास्तरीय बाल सञ्जालका पदाधिकारीको काम, कर्तव्य र अधिकारको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा धनुवास कालिका मावि मादी ७ का बाल सञ्जालका अध्यक्ष रेनिशाकुमारी शाहीले अभिमुखीकरण लाभदायक रहेको बताइन् । कार्यक्रमको सञ्चालन पालिकाका बाल कल्याण अधिकारी कर्णकुमारी गुरुङले गरेकी थिइन् ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया