प्रजातान्त्रिक योद्धा सम्मानित

पोखरा ।
गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशले प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
मनाङका कोमलबहादुर घले, बागलुङका गोविन्दप्रसाद शर्मा कँडेल, स्याङ्जाका तारापति सुवेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा सम्मानित भएका हुन् ।
उनीहरुलाई पूर्वसभामुख दमननाथ ढुंगाना, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायत नेताहरुले कदर–पत्रका साथ दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
त्यस अवसरमा पूर्व सभामुख ढुंगानाले वर्तमानमा टेकेर भविष्य निर्धारण गर्नुपर्ने बेला आएको बताए । उनले २००७ सालदेखिको इतिहासले मात्र कांग्रेस सबल भएर जान नसक्ने धारणा राखे ।
पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र गणेशमानको मार्ग छोड्दै जाँदा कांग्रेसमा संकट आएको विचार प्रकट गरे । कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानसभाबाट ल्याएको संविधानलाई पार्टीहरुकै कारणले खतरा भएको सुनाए । उनले न्यायिक सर्वोच्चता र न्यायिक मर्यादाको बारेमा चुनौति आएकोमा चिन्ता व्यक्त गरे ।
गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गा तिम्सिनाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल, गुरु बराल, सम्मानित व्यक्तित्व लेखबहादुर थापा, सदस्य मोहन गुरुङ, सचिव कुमार राना लगायतले गणेशमान सिंहको व्यक्तित्व र कांग्रेसका बारे आ–आफ्नो भनाई राखेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया