किङ्स कप भेट्रान्स भलिबलमा एफिएफ च्याम्पियन

पोखरा ।
युनाइटेड किङ्स क्लब पोखराले आयोजना गरेको प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगितामा एपिएफ पोखराको टोली च्याम्पियन बनेको छ ।
पोखरा महानगरपालिका ३ नदीपुरथित छन्त्याल समाजको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा गलकोट भेट्रान्सलाई २६–२४ र ३४–३२ को सोझो सेटमा पराजित गर्दै एफिएफ च्याम्पियन बनेको हो ।
उपाधिसँगै एफिएफले नगद ४० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो । यस्तै उपविजेता बनेको गलकोट भेट्रान्सले नगद २५ हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र हात पारे ।
सो प्रतियोगिताबाट एफिएफका कृष्ण गाहामगर सर्वाेत्कृष्ट खेलाडी घोषित भए । यस्तै उत्कृष्ट स्पाइकरबाट टेकबहादुर पुन र उत्कृष्ट सेटरका रुपमा मिलन राना ट्रफी र नगद राशिबाट पुरस्कृत भए ।
कुल १६ टिमबाट विजेता तथा उपविजेता बनेको टोलीलाई समापन समारोहका प्रमुअ अतिथिसमेत रहेका गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बराल, आयोजक संस्थाका अध्यक्ष धीरज गुरुङ, प्रायोजकले पुरस्कार वितरण गरेका थिए ।
उक्त कार्यक्रममा हिमाली साँस्कृतिक परिवार र आयोजक संस्थाको तर्फबाट विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । युनाइटेड किङ्स क्लबका अध्यक्ष धीरज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन अशोक थापाले गरेका थिए ।









आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया