सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेतना

पोखरा ।
पोखरा महानगरपालिकाको नगर युवा परिषद्ले सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि एक दिवसीय सचेतनामूलक कार्यक्रम गरेको छ । सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १ सय ५० युवालाई अभिमुखीकरण कार्यक्रम गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए ।
सूचना प्रवाहमा सामाजिक सञ्जालको ठूलो योगदान भए पनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान पाइरहेको अवस्थामा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवासँग चर्चा परिचर्चा गरिएको उपाध्यक्ष न्यौपानेले जनाए । सामाजिक सञ्जालको बढ्दो प्रभावका बीच यसको सदुपयोग र जीवनशैलीसँग जोड्ने कुरा महŒवपूर्ण हुने नगर प्रमुख धनराज आचार्यले बताए ।
‘सामाजिक सञ्जालको प्रभाव दिनानुदिन बढ्दो छ,’ आचार्यले भने, ‘मानव जीवनको अपरिहार्य अवयव जस्तो बनिसकेको छ, तर यसको सदुपयोगिता र सकारात्मक प्रभावका विषयमा भने चर्चा गर्न आवश्यक छ ।’ सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिंगो समाजमा नकारात्मक प्रभाव र भ्रमहरू सिर्जना हुने भएकाले सचेत रहन आवश्यक रहेको उनले औंल्याए ।
सामाजिक सञ्जालको दुरुपयोग हुँदा सिंगो समाजमा नकारात्मक प्रभाव र भ्रमहरू सिर्जना
सामाजिक सञ्जाल नयाँ सिकाइ र नवप्रवर्तनका लागि पाठशाला भएको उल्लेख गर्दै उनले यसलाई समयमा नै चिन्न र जान्न सके जीवनमा सकारात्मक ऊर्जा र सफलताहरू प्राप्त गर्न सकिनेमा जोड दिए ।
कतिपय अवस्थामा यसलाई अपराधको अर्को सजिलो हतियारका रूपमा समेत लिने गरेको पाइएको भन्दै उनले राज्यको तहबाट नियमन गर्न जरुरी रहेको बताए । ‘सामाजिक सञ्जालको व्यवस्थित र मर्यादित सञ्चालनका लागि नियमन जरुरी छ,’ उनले भने ।
विनाकारण कतिपय व्यक्ति वा समूह सामाजिक सञ्जालको सिकार हुनु परेको भन्दै उनले यसको दुरुपयोग रोक्नुपर्नेमा जोड दिए । ‘यो आधुनिक मानिसका लागि नयाँ जीवन बन्न पुगेको छ । यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्ने हो भने यो २१ औँ शताब्दीका मानिसहरूका लागि वरदान नै हो ।
हिजोको जस्तो कठिनताको विकल्पका रूपमा विकसित सामाजिक सञ्जालको उपयोग सकारात्मक, रचनात्मक र विवेकपूर्ण तवरले गर्नुपर्दछ,’ नगर प्रमुख आचार्यले भने ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले युवाको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालको महŒवपूर्ण भूमिका रहेको बताए । युवा इन्फरमेसन र डिसइन्फर्मेसनबाट बचाउन निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले यसको आवश्यक ज्ञान तथा जानकारीका लागि यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताए ।
कार्यक्रममा पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वसन्तकुमार शर्मा र आइटीका जानकार विश्वराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे युवासँग चर्चा, परिचर्चा र परिसंवाद गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया