पुस्तकालयहरूको प्रदेश सम्मेलन सुरु

पोखरा ।
गण्डकी प्रदेशका सार्वजनिक तथा सामुदायिक पुस्तकालयहरूको २ दिवसीय सम्मेलन पोखरामा शनिबार सुरु भएको छ ।
सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गरे । सम्मेलनले पुस्तकालयको संस्थागत विकासबारे सम्बद्ध पक्षहरूबीच ऐक्यबद्धता कायम गर्दै पुस्तकालय सम्बन्धी ऐन, नियम निर्माणका लागि प्रदेश सरकार एवं स्थानीय तहलाई अनुरोध गर्ने गरी घोषणापत्र जारी गर्ने बताइएको छ ।
आफ्नो दोस्रोपटकको कार्यकालको पहिलो औपचारिक कार्यक्रम पुुस्तकालय जस्तो पवित्र संस्थाको कार्यक्रमबाट सुुरु गर्न पाएको भन्दै उनले खुुशी व्यक्त गरे । ‘पुस्तकालय बचाउनुपर्छ, यसको दायरा फराकिलो बनाउनुपर्छ, आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार छ,’ उनले भने ।
पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राध्यापक डा. विश्व श्रेष्ठको अध्यक्षतामा सुरु भएको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पठन संस्कृतिको विकासका साथै नियमित अध्ययन अनुसन्धानको अवसर, लेखक–पाठक बीचको अन्तक्र्रिया र पुस्तक समीक्षा, चित्रकला, कथा, कविता प्रतियोगिता, नेतृत्व विकास, युवा उद्यमशील तालिम, कम्प्युटर तालिम लगायत पुस्तकालयका गतिविधि देख्दा खुसी लागेको सुनाए ।
दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालयको महत्व हुने बताए । उनले किशोरीहरूलाई डिजिटल प्रविधिमा आधारित शिक्षा, सीप विकास, नेतृत्व कौशल, आत्म–विश्वास र सफलता सुनिश्चित गर्ने एक आदर्श प्लेटफर्म टेक एज गल्र्स कार्यक्रम तथा ठगी र अरु समस्यामा परेकाहरूलाई मनोसामाजिक परामर्श दिँदै किशोरी र महिलाहरूको स्वास्थ्यसम्बन्धी सचेतना र कानुनी साक्षरता लगायत कार्यक्रमले पुस्तकालयको महत्वलाई अझै बढाएको उल्लेख गरे ।
शिक्षामन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौलाले संविधानले औंल्याएका र हालसम्म बनेका नीति, निर्देशिकाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिदै पुस्तकालयलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने बताए । नेपाल सामूदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समग्रमा समाजिक–सांस्कृतिक रुपान्तरणमा पुस्तकलायहरुको ठूलो योगदान रहेको बताए ।
पोखरा सार्वजनिक पुस्तकालयका सचिव सूर्य क्षत्रीले पुस्तकालय यात्राको आरम्भ मल्लकालीन अवधिमा भएको मानिएपनि बृहत रूपमा पुस्तक संकलनको अभियान पृथ्वीनारायण शाहले गरेका उनका पनाति गीर्वाणयुद्धविक्रम शाहले विसं १८६९ मा लालमोहर जारी गरी संस्थागत गरेको इतिहासलाई स्मरण गरे । २००७ सालको क्रान्तिको जग निर्माणमा ‘मकै पर्व’ र ‘पुस्तकालय पर्व’ को महत्वपूर्ण योगदान रहेको उनले सुनाए । क्षेत्रीले पुस्तकालयको संस्थागत विकासका लागि ऐन, कानुनमा ध्यान दिन आग्रह गरे ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा दीपशिखा सामुदायिक पुस्तकालयका उपाध्यक्ष श्री निर्मला पौडेल, पोखरा महानगर वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयकी सदस्य मीनकुमारी डल्लाकोटीले गरेकी थिइन् । गण्डकी प्रदेशमा २००३ देखि २०८० सालसम्म स्थापित सार्वजनिक पुस्तकायहरू करिब १०० को हाराहारीमा रहेको देखिन्छ । अहिले गण्डकीमा पूर्णकालीन र आंशिक रुपमा चलेका पुस्तकालयको संख्या ४१ छ ।









आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया