खेलकुद मार्फत पोखरालाई प्रवद्र्धन गर्न सकिन्छः मेयर आचार्य

समाधान संवाददाता २०८१ जेठ २० गते १३:३१

पोखरा ।

Advertisement


पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुदका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताएका छन् ।


शुक्रबार पोखरामा भएको पोखरा राष्ट्रिय बक्सिङ च्याम्पियनसिप–२०८१ को उद्घाटन गर्दै उनले पोखरालाई खेलका माध्यममार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने बताएका हुन् ।

Advertisement


पर्यटन राजधानी पोखरालाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्न यहाँ आयोजना गरिने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरु महत्वपूर्ण रहने उनले बताए । उनले भने, ‘नेपाललाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धा, ओलम्पिकमा पुर्‍याउने भनेको अहिलेका विद्यालय तहका बालबालिकाले हो ।

त्यसैले उनीहरुको ‘ग्रुमिङ’का लागि महानगरले थुप्रै खेल गतिविधि सञ्चालन गरिरहेको छ । यसलाई अझ व्यस्थित र भब्यरुपमा हामीले आगामी दिन सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ उनले पोखरामा राष्ट्रिय स्तरको प्रतियोगिताले खेलसँगसँगै यहाँको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

Advertisement


कार्यक्रममा बक्सिङ महासंघका केन्द्रीय उपाध्यक्ष तथा पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल गतिविधिले स्तरीय खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारी, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदार लगायतले बोलेका थिए ।

बक्सिङ खेलको विकासमा योगदान गरेको भन्दै ओलम्पियन रामसिंह थापा, सुवेदार मेजर क्या. लोकबहादुर गुरुङ, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलाई सम्मानपत्र, दोसल्ला र मालाद्वारा सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया