भूपू विद्यार्थीको सभा

पोखरा ।
छोरेपाटन माविका पूर्व विद्यार्थीहरुको संस्था छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको प्रारम्भिक साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरी शुक्रबार सम्पन्न भयो ।
नयाँ कार्यसमितिको अध्यक्षमा कृष्णबहादुर रानाभाट, उपाध्यक्षमा हिमलाल उपाध्याय, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सदस्यहरुमा कृष्णप्रसाद पोखरेल, कविता गुरुङ (कवि), शिवराज न्यौपाने, गणेश घर्ती क्षेत्री, रामचन्द्र बराल र छविलाल पनेरु सर्वसम्मत चयन भएका छन् ।
त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा, सहप्रधानाध्यापक मेघनाथ पौडेलले भूपू विद्यार्थी मञ्चले विद्यालय र समुदाय बिचको पुलको काम गर्ने गरी गतिविधिहरु गर्न सुझाव दिनुका साथै विद्यालयको तर्फबाट आवश्यक सहयोग गरिने बताए ।
सभामा संस्थाका अध्यक्ष कृष्ण बहादुर रानाभाटको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कविता गुरुङको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो । सभाले संस्थाको सदस्य शुल्कको बारेमा आगामी पुस २ गते हुने बृहत् भूपू विद्यार्थी भेला तथा संस्थाको साधारण सभामा विधान परिवर्तनको प्रस्ताव लैजाने विषयमा वृहत छलफल गर्ने भएको छ ।
सोही अवसरमा हालै विद्यालयमा सम्पन्न शिक्षक नायक गोष्ठी तथा जुनियर युवा रेडक्रस सम्मेलनको लागि ५ हजार दिने बैठकको निर्णयलाई सभाले अनुमोदन गर्नुका साथै विद्यालयका ६ जना अति विपन्न परिवारका विद्यार्थीलाई स्कुल ड्रेस सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष कविता गुरुङले बताइन् ।
मञ्चका अध्यक्ष कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हिमलाल उपाध्यायले र सञ्चालन सचिव शालिकराम भण्डारीले गरेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया