कुँवरको श्रद्धाञ्जली सभा

पोखरा ।
नेपाली कांग्रेस वडा इकाई ६ बदामले क्रियाशील सदस्य तथा नेपाली कांग्रेस वडा इकाई ६ का उपसभापति शिवजी कुवँरको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले आइतबार कुवँरको नवौं दिनकाे पूज्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गरेर श्रद्धाञ्जली व्यक्त गरेको हो ।
कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेलले एउटा असल लोकतान्त्रिक योद्धालाई गुमाउनु परेकोमा दुःख व्यक्त गरिन् । कुवँरले गरेका सामाजिक कार्यलाई कांग्रेसले मात्र नभइ बैदामवासीले पनि स्मरण गर्नु पर्नेमा जोड दिइन् ।
गण्डकी प्रदेशका सांसद प्रकाश पौडेललेले शिवजी असल र इमान्दार सामाजिक कार्यकर्ता भएको बताउँदै उनको निधनले समाजमा ठुलो क्षती पुगेकाे बताए ।
नेपाली कांग्रेस क्षेत्रं न ३ का क्षेत्रीय सभापति मनोज गुरुङले उनले पार्टीप्रति गरेको योगदानले कांग्रेसलाई सहि मार्गमा हिँड्न उत्प्रेरणा प्रदान गरिरहने उल्लेख गरे ।
इकाई सभापति सन्तोष पौडेलले नेपाली काँग्रेसको हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रही पार्टीलाई पुर्याएको योगदानको बैदाम कांग्रेसले सधै मूल्यांकन गर्ने बताए ।
कांग्रेस वडा इकाइ– ६ का क्रियाशील सदस्य भरतराज आर्चायले स्वर्गीय कुँवरको जीवनीको बारेका प्रकाश पारेका थिए । कांग्रेसका नेता पोषनाथ शर्मा, पोखरा ६का पूर्व वडा अध्यक्ष जगत बहादुर पहारी, पूर्व इकाइ सभापति दिपक विर कुँवर प्रजातन्त्रका सेनानी कृष्ण बहादुर कुँवर, प्रजातान्त्रिक सेनानी होमनाथ पहारी, वडा सदस्य पवित्रा थापा लगाएतका ब्यक्तिहरूले शिवजी कुँवरले गरेको योगदानको मूल्यांकन हुन सके मात्र उनिप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
कुँवरका श्रीमती, छोरा र चार छोरी छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया