प्रश्न निर्माण कार्यशाला

पोखरा ।
वडा शिक्षा समिति पोखरा–२२ पुम्दीभुम्दीको आयोजनामा प्रश्न निर्माणमा विशिष्टिकरण तालिकाको प्रयोगसम्बन्धी २ दिने कार्यशाला भएको छ ।
कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले प्रश्न निर्माणमा कुशलता हुने शिक्षकले कक्षाकोठामा समेत कुशलतापूर्वक शिक्षण गर्न सक्ने तर्क गरे ।
अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययन बिषयका प्रश्नपत्र निर्माणका लागि विशिष्टीकरण तालिकाको प्रयोग कसरी गर्ने भन्ने विषयमा सहप्राध्यापक भीमनाथ बराल, मदनप्रसाद बराल,, ध्रुवराज पौडेल, अम्बिक बराल तथा नरनाथ बरालले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा वडा सदस्य कृष्णकुमारी देवकोटाले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न अनुरोध गरिन् ।
सहभागीको तर्फबाट सुमित्रा बराल, जापप्रसाद गुरुङ र प्रशिक्षकको तर्फबाट मदनप्रसाद बरालले बोलेका थिए । पृथ्वीनारायण क्याम्पस, राजनीति शास्त्र विभागका सहप्राध्यापक भीमनाथ बरालको संयोजकत्वमा भएको कार्यक्रममा वडाका १७ विद्यालयका ३५ शिक्षक सहभागी थिए ।









आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया