सर्वोच्चले माग्यो गृहमन्त्री लामिछानेविरूद्ध सहकारीको रकम अपचलनका विषयमा परेकाे जाहेरी
समाधान संवाददाता
२०८१ जेठ २० गते १८:४७

पोखरा ।
सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने विरूद्धको रिटमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी झिकाउन आदेश दिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन विषयमा आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्कीमा पेस भएको जाहेरी दरखास्त प्रमाणित प्रतिलिपिसहित उपस्थित हुन आदेश दिएको हो ।
इजलासले दुवै पक्षलाई जेठ २८ गते अन्तरिम आदेश जारी गर्ने/नगर्ने भन्ने विषयमा छलफल गर्नका लागि बोलाएको छ ।
सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुन सहित विभिन्न व्यक्ति र संस्था गरी १८ जना विरुद्ध पूरक जाहेरी दिएका थिए । सोही पूरक जाहेरी सर्वोच्चले झिकाउन आदेश दिएको हो ।
सम्बन्धित









‘निर्वाचनको विकल्प छैन’
४८ पिन्ट रगत
वृद्धाभत्ता सहारा एकेडेमीलाई
दुर्घटना घटाउन पहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया