शताब्दी पुरुष विश्वनाथको जन्मोत्सव

लेखनाथ ।
१९८१ जेठ २० गते धर्तीमा पाइला टेकेका पोखरा–२६ विजयपुर निवासी शताब्दी पुरुष विश्वनाथ रानाभाटको १०१ औं जन्मोत्सव मनाइएको छ । स्वर्गीय करुणाखर रानाभाटका छ छोराहरुमध्येका एकमात्र जीवित ठूलाघरे कान्छो नामले चिनिने विश्वनाथको आइतबार विविध कार्यक्रमका साथ १०१ औं जन्मोत्सव मनाइएको हो ।
पूर्वसभामुख तारानाथ रानाभाटका कान्छाबुबासमेत रहेका विश्वनाथको जन्मोत्सवमा सदभाव धार्मीक र्याली, कुल देवताको दर्शन तथा परिक्रमा, वृक्षरोपण, जन्मघरको दर्शन र शुभ आशीर्वाद ग्रहणका कार्यक्रमहरु राखेर जन्मोत्सव मनाइएको थियो ।
विश्वनाथका ३ छोरा कृष्ण रानाभाट, ढकबहादुर रानाभाट र पुरुषोत्तम रानाभाटले वुवाको सन्मानमा राखेको कार्यक्रममा पोखरा २६ को विजयपुरदेखि बाजागाजासहित साँघुको मुख विजयपुरमा रहेको कुलमन्दिर र अर्धनारिश्वर लक्ष्मी मन्दिरको परिक्रममा गरी सिलिंगे डाँडामा सिलिंगे प्रजातिको बिरुवा रोपिएको थियो ।
विश्वनाथ रानाभाटको जन्मघरमा विश्रामपछि बाल्यकालमा खेलेका विभिन्न स्थानको परिक्रममा गरी पोखरा २६ को कालिकाचोकमा रहेको भाटसमाज भवनमा आफन्तजन, राजनीतिकर्मी तथा सामाजिक व्यक्तित्वहरुलाई आशीर्वाद ग्रहण गराई जन्मोत्सव मनाएको छोरा देवेन्द्र रानाभाटले जानकारी दिएका छन् ।
सोही अवसरमा विशेष गरी रानाभाट/भाट समाज नेपाल केन्द्र, प्रदेश, जिल्ला र इकाइ समितिहरुले बुवाको दीर्घजीवन र सुस्वाथ्यको कामना गर्दै कदरपत्र प्रदान गरेका थिए ।
अरुलाई मानसन्मान र सहयोग गर्ने स्वभावले नै सबै गाउँलेहरुका बुवाको उपनामले चिनिँदै आएका रानाभाट कान कम सुने पनि शारीरिक रुपमा भने अझै पनि फुर्तिला छन् ।
गाउँहरुमा बलको काम दलिन बोक्ने, बाटो तथा पानी पँधेरोमा ठूला ढुंगा राख्नेदेखि पशुपक्षीलाई औषधी खुवाउन समेत सिपालु भनेर विश्वनाथ कहलिएको स्थानीय ठाकुर रानाभाट बताउँछन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया