टेन टु इलाभेनलाई भेट्रान्स फुटसलको उपाधि

पोखरा ।
स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको भेट्रान्स (३५ बर्ष भन्दा माथि) फुटसल प्रतियोगिताको उपाधि टेन टु इलाभेनले जितेको छ । अमरसिंह स्पोर्टस् सेन्टरमा शनिबार भएको फाइनल खेलमा आयोजक (स्वर्णिम एफसी) रातोलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै टेन टु इलाभेनले उपाधि जितेको हो ।
उपाधिसँगै टेन टु इलाभेनले नगद रु ६० हजार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आयोजकले स्वर्णिम एफसीले नगद ३० हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा टेन टु इलाभेनका चौ गुरुङ ट्रफी र नगद राशिसहित पुरस्कृत भए भने उत्कृष्ट गोलरक्षकका रुपमा आयोजकका मुन गुरुङ पुरस्कृत भए ।
विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका पोखरा महानगरपालिका १० का वडाध्यक्ष राजेश गुरुङ, क्लबका अध्यक्ष गोमेश गुरुङ, तथा प्रायोजकहरुले पुरस्कार वितरण गरेका थिए ।
तपाईको प्रतिक्रिया