पाेखराकाे गौंडाको मुखमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एककाे मृत्यु

समाधान संवाददाता २०८१ जेठ २२ गते ९:२०

पोखरा, २१ जेठ
पोखरा महानगरपालिका १३ गौंडाको मुखमा सोमबार बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा पोखरा–१३, काहुँखोला बस्ने १८ वर्षीय बबिता रिमालको मृत्यु भएको छ । घाइते भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा सोमबार दिउँसो रिमालको मृत्यु भएको पुष्टि कास्की प्रहरीले गरेको हो ।

Advertisement


प्रहरीका अनुसार बिपीमार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग१ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नम्बरको मोटरसाइकल पछाडिबाट बिहान ८ बजे ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले मोटरसाइकल पछाडि सवार रिमालको निधन भएको र घाइते चालक पोखरा महानगरपालिका वडा नम्बर १४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिए ।

Advertisement


घाइते थापाको दुवै खुट्टा र दायाँ हातमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको शर्माले बताए । उक्त मोटरसाइकल, टिपर र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया