मे महिनामा ९० हजार पर्यटक भित्रिए

काठमाडौं ।
सन् २०२४ को मे महिनामा ९० हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो । सन् २०२३ को मेमा ७७ हजार ७ सय ३ विदेशी पर्यटक नेपाल आएका थिए । कोभिड–१९ महामारीपूर्व ७८ हजार ३ सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
‘समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ । तुलनात्मक रूपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रूपमा पर्यटक बढेका छैनन्,’ उनले भने । विगतका महिनामा झैं यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार २ सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८ हजार ३ सय ८१ जना पर्यटक नेपाल आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट ८ हजार ५ सय २७ पर्यटक नेपाल भित्रिएका छन् ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया