पोखरा १३ का बासिन्दालाई फिस्टेल हस्पिटलमा छुट

पोखरा ।
पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शीर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो ।
पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दीपेश कार्कीबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
उक्त सम्झौतामा वडावासीका लागि ओपिडी टिकट, युसिजी, युजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे, सिटीस्क्यान, बेड शुल्क, ल्याब टेस्ट, हेल्थ प्याकेज, फार्मेसीलगायत सेवामा ५ प्रतिशत छुट दिइने उल्लेख गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
अस्पतालसँग छुट दिने गरी पोखराका ३३ वडामध्ये पोखरा १३ ले सुरुआत गरेको वडाध्यक्ष बरालले बताए । ‘३३ वडामध्ये यो पहिलो हो । यो सम्झौतापछि वडाबासी राहत पाउन अपेक्षा लिएको छु,’ उनले भने ।









मुस्ताङको बागवानीमा ‘हाईब्रिड’ स्याउका बिरुवा उत्पादन गर्न सुरु
बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित
मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया