घिरिङमा युनाइटेड क्लबको स्वास्थ्य शिविर

समाधान संवाददाता २०८१ जेठ २२ गते १२:२५

पोखरा ।
युनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा बृहत निःशुल्क स्वास्थ्य शिविर भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए ।

Advertisement

शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परीक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परीक्षणसँगै २ सय २२ जनाले इसिजी, भिडियो एक्सरेको सुविधा लिएका थिए ।


शिविरको उद्घाटन घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गरे । पूर्वअध्यक्ष रनबहादुर राना, युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नसारोग विभागका प्रमुख सह प्रध्यापक डा. झपिन्द्र पोख्रेल, हाडजोनी तथा नशारोग विशेषज्ञ डाक्टर दिनेश विक, युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ लगायतले शिविर उद्घाटन कार्यक्रममा बोलेका थिए ।


शिविरमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ सह प्रध्यापक डा. झपिन्द्र पोखरेल, स्त्रीरोग विशेषज्ञ डा. नारायण ओझा, रेडियोलोजिस्ट सहप्रध्यापक डा. रोशन पंगेनी, जनरल सर्जन डा. आनन्द भट्टराई, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिनेश विक, पेट छाती मुटुरोग विशेषज्ञ डा. सुदर्शन सुवेदी, डा उज्जवल शाह, डा. ओसीन ढकाल, डा. सागर अधिकारी, शोभाखर पाण्डे, नरहरि पनेरु, सुवास सुवेदी, ईश्वर शर्मा, सिर्जना पौडेल, सन्दीप केसी, सुुस्मिता घमाल, ममता थापा, विपना थापा, प्रतिमा गुरुङ, निशानी खत्री, सन्देश पौडेल, डिलबहादुर क्षेत्री, विजय खड्का, सम्झना पौडेल लगायतले सहजीकरण गरेका थिए ।


क्लबका कार्यसमिति सदस्य तथा स्वास्थ्य शिविर कार्यक्रमका संयोजक जयराम आचार्यले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।

Advertisement

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, क्लबका सदस्यहरु सन्तोष कार्की, शिव थापा, शान्ति सुवेदी, क्लबका आजिवन सदस्य शुसिला श्रेष्ठ, रिम क्षेत्री लगायतको सहभागिता थियो ।

घिरिङ गाउँपालिकाको व्यवस्थापनमा सम्पन्न शिविरमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर रानीपौवा पोखरा, नरहरि पोलिक्लिनिक पोखरा १० रामबजार र एसिया ओरल एन्ड डेन्टल केयर प्रालि पोखरा ५ जिरो किमिको प्राविधिक सहयोग थियो ।

तपाईको प्रतिक्रिया