कागबेनी पुलको क्षतिबारे प्राविधिक अध्ययन

पुलको अध्ययनपछि असारभित्रै विस्तृत प्रतिवदेन आयोजनालाई बुझाउने

समाधान संवाददाता २०८१ जेठ २२ गते १२:२८

जोमसोम ।
उत्तरी कोरला नाका जोड्ने मुस्ताङको कागबेनीमा निर्माणाधीन बाढीले क्षति तुल्याएको पक्की पुलको प्राविधिक अध्ययन अनुसन्धान सुरु गरिएको छ ।

Advertisement

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा गत साउन २८ गते आएको बाढीका कारण क्षति भएको पुलको बारेमा स्थलगत अध्ययन गर्न इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोकको प्राविधिक विज्ञ टोली मुस्ताङ आएको हो । यसअघि मुस्ताङ आएको विज्ञ टोलीलाई क्षतिग्रस्त पुलको डीपीआरसहितको सम्पूर्ण कागजात आयोजनाले पेस गरेको थियो ।


कालीगण्डकी कोरिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाको पहलमा मुस्ताङको कागबेनीमा कागखोला बाढीले क्षति बनाएको पुलको वस्तुगत अवस्थाको विस्तृत अध्ययन गर्न संस्थानका ४ जना प्राविधिक मुस्ताङ ल्याइएको हो ।

Advertisement


कागखोला बाढीले क्षति भएको पुलको अध्ययन टोलीमा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोक क्याम्पसमा कार्यरत स्ट्रक्चर तथा पुल हेर्ने विज्ञ डा.राजन सुवाल, विपद् जोखिम न्यूनीकरण विज्ञ तथा भूगर्भविद् डा. वसन्तराज अधिकारी, स्ट्रक्चर इन्जिनियर सुवास बास्तोला र जलश्रोत तथा जलवायु विज्ञ इन्जिनियर नीराजन देवकोटासहितको प्राध्यापक टोली मुस्ताङ आएको हो ।

उनीहरूले आइतबार वारागुङ मुक्तिक्षेत्रको कागखोलामा बाढीले क्षति भएको पुल देखि माथि कागखोला मुहानसम्मको दुरीमा पुगेर स्थलगत अध्ययन अवलोकन गरेका हुन् ।

Advertisement

उनीहरूले कागखोला बाढीका कारण क्षति भएको पुलको पूर्वाधार र पुल बाढीले बगाउनुको कारण केके हुन सक्छन् भन्ने पत्ता लगाउने र कागखोला बाढीको अध्ययन तथा यसबाट परेको असरका विषयमा सूक्ष्म अध्ययन गरिएको हो ।


कागखोला बाढीले पुर्‍याएको असर र यसमा हुनसक्ने कमजोरी र दीर्घकालीन रणनीतिक योजनाका विषयमा प्राविधिक अध्ययन गर्न विज्ञ टोली वारागुङ मुक्तिक्षेत्रको छेंगुर, झोङ र कागबेनीमा पुगेको थियो ।

टोलीले त्यहाँ क्षति भएको पुलको प्राविधिक अध्ययन गरेको थियो भने बाढीले कसरी निर्माणाधीन पुललाई बगाउने अवस्था रह्यो भन्ने विषयमा अध्ययन गरेको बेनी—जोमसोम—कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले जानकारी दिए ।


पुलचोक इन्जिनियर अध्ययन संस्थानबाट आएको विज्ञ टोलीले कागखोलाको स्थलगत अवलोकन र कागबेनीमा क्षति भएको पुलको अध्ययनपछि असारभित्रै विस्तृत प्रतिवदेन आयोजनालाई बुझाउने जनाइएको छ ।

संस्थानका स्ट्रक्चर तथा पुल विज्ञ डा. राजन सुवालले कागबेनीमा निर्माणाधीन पुल र कागखोलाको प्राविधिक तथा वैज्ञानिक अध्ययन सर्वेक्षण गरिएको जानकारी दिए ।

उनले कागबेनीमा कागखोलामा पहिरोका कारण नदी थुनिएर बाढीले पुलको भौतिक संरचनामा क्षति पुगेको हुनसक्ने प्राविधिक अनुमान रहेको जनाए । ‘पुल र खोलाको मुहानसम्म पुगेर हेर्‍यौं, समग्रमा पुलको डिजाइनमा कुनै कमजोरी भएको देखेनौं,’ स्ट्रक्चर तथा पुल विज्ञ सुवालले भने, ‘बर्खायाममा पहिरोले गर्दा नदी थुनिएको र एक्कासी गिट्टी,बालुवा र ग्रेग्रान थुप्रिइएको भाग एक्कासि नदी फुट्दा त्यसको ठुलो प्रेसरले पुलसहित कागबेनीमा भौतिक क्षति भएको हो कि भन्ने हाम्रो पूर्वानुमान छ ।’


गत साउनको २८ गते कागखोलाको भयानक बाढीले कागबेनीमा निर्माणाधीन २५ मिटरको पक्की पुलको स्ल्याब ढलान बगाएको थियो । त्यसबेलाको बाढीले स्थानीय दर्जनौ घर, स्कुल धर्मशाला, झोलुङे, पुल, पशुचौपाया र सवारी साधनमा क्षति भएको थियो ।

बाढीले कागबेनीको साविकको प्राकृतिक सौन्दर्यमा समेत प्रतिकुल असर पुर्‍याएको थियो । प्रसिद्ध धार्मिक श्राद्धस्थलको भौतिक स्ररचनामा समेत बाढीले क्षति पु¥याउँदा त्यहाँको पर्यटन व्यवसायमा समेत असर पुगेको छ ।


अध्यक्ष टोली अन्तर्गत संस्थानका विपद् जोखिम न्यूनीकरण विज्ञ तथा भूगर्भविद् डा. वसन्तराज अधिकारीले कागबेनी बाढीले क्षतिग्रस्त पुलको साईड सुपर भिजन गरिएको बताए ।उच्च हिमाली क्षेत्रहरुमा जलवायु परिवर्तनको असर बढ्दो रहेको उल्लेख गरे ।

जलवायुको कारण हिमताल फुट्ने,पहिरो जाने र हिउँ पुग्लिएर नदीको वाहव उच्च हुने गर्दा हिमाली क्षेत्रका सडक,पुल र भवन लगायत पूर्वाधार बनाउँदा जलवायुको प्रभावको मूल्यांकन गर्न जरुरी रहेको उल्लेख गरे । ‘विगतमा हामीले जसरी पूर्वाधार निर्माण गथ्र्यौ अब त्यो शैलीले संरचना दिगो बनाउन मुस्किल हुन्छ,’ उनले भने, ‘यसका लागि वातावरणीय अध्ययन र त्यसको हेक्का राखेर मात्रै पूर्वाधार बनाउन आवश्यक छ ।’


उनले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर तीब्र भएकाले यसको सम्भावित असरको आकलन गर्न जरुरी रहेको सुनाए । ‘कागबेनीको घटना हेर्दा प्रारम्भिक अध्ययनले नदी थुनिएर नै विपद् निम्तिएको हो कि भन्ने हाम्रो प्रारम्भिक बुझाई छ, बाढीसहितको लेदो माटो र ग्रेगानले थुनिएको पानी एक्कासि फुट्दा त्यसको प्रेसरले कागबेनी पुल नै ध्वंस्त बनाएको हुन सक्तछ ।’


कालिगण्डकी कोरिडोर बेनी—जोमसोम—कोरला सडक आयोजनाले पुलचोक इन्जिनियरिङ अध्ययन संस्थानको प्राध्यापक विज्ञ प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि सो स्थानमा दिगो पुल बनाउने मार्गप्रशस्त हुने आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताए । कालिगण्डकी कोरिडोर अन्तर्गत आयोजनाले कागखोलामा १८ महिनामा पुल निर्माण गर्ने गरी २०७४ साल पुस २८ गते ठेक्का सम्झौता गरेको थियो ।

गल्वा रफिना जेभी कन्ट्रक्सनले २ करोड ८८ लाख लागतमा रेलिङ र फुटपाथसहित ११ मिटर चौडा र २५ मिटर लामो पुल बनाउने ठेक्का लिएको थियो । पटक पटक म्याद थप हुँदै आइरहेको कागबेनीमा निर्माणाधीन पुलको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको थियो ।

ढिलासुस्तीका बाबजुद निर्माण कम्पनीले ९० प्रतिशत पुलको भौतिक प्रगति हुँदा कागखोला बाढीले पुलामा क्षति बनाएको थियो । कागखोलामा पुल नहुँदा कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारी साधनलाई बर्खायाममा निकै सास्ती हुने गरेको छ ।

तपाईको प्रतिक्रिया