बेलायतमा ‘भुत्ते गाँठो’को चर्चा
पोखरा ।
कथाकार हरिचन्द्र नेपालीद्वारा लिखित प्रेम र विभेदमा आधारित कथासंग्रह भुत्ते गाँठोमाथि बेलायतमा परिचर्चा गरिएको छ । बेलायतको कोभेन्ट्री सहरमा आयोजित कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, साहित्यिक र बौद्धिक व्यक्तित्वको उपस्थियित थियो ।
एनआरएनए युकेका प्रमुख संरक्षक शेरबहादुर सुनारको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार विजय हितान (ब्रयन) ले कथा संग्रहबारे टिप्पणी गरेका थिए ।
कार्यक्रममा साहित्यकार भरतकुमार श्रेष्ठ (विवस), नोप्स युरोप अध्यक्ष, अर्जुन सुनार, कोभेन्ट्री नेपाली समाजका अध्यक्ष सन्तोष रेग्मी, सुनगाभा सांस्कृतिक समूहका प्रतिनिधि प्रताप दर्जी, गीतकार बाबुराम भुसाल, डा प्रदीप लामिछाने, डा. निता पौडेल लगायतले बोलेका थिए ।
उनीहरुले कथाकार हरिश्चन्द्र नेपालीले सामाजिक विषयलाई उठान गरी कथा लेखेको जनाउँदै लेखनमा निरन्तरता दिन आग्रह गरे । कथाकार नेपालीले कथा लेखिनुको कारणसहित आफ्नो धारणा राखेका थिए ।
प्रकाशक निर्मला नेपाली र ललित परियारले पुस्तक बिक्रीबाट आएको रकम शतप्रतिशत कास्कीको विकट क्षेत्रमा रहेको माछापुच्छ«े गाउँपालिका ३ घाचोक स्थित जनजागरण सामुदायिक नमुना विद्यालयलाई सरस्वती भक्त मेमोरियल ट्रष्ट पोखरामार्फत प्रदान गरिने कथाकार नेपालीले जनाए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया