पोखरा–२९ ले नागरिक सम्मान गर्ने

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ ले नागरिक सम्मान कार्यक्रम गर्ने भएको छ । वडाको विकासका लागि विगतदेखि वर्तमान समयसम्म विभिन्न क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तिहरुलाई योगदानको आधारमा सम्मान गर्न लागिएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
जेठ २५ गते शुक्रबार सम्मान कार्यक्रम गरिने भएको छ । वडाध्यक्ष श्रीप्रसाद गुरुङले सामाजिक योगदानको उच्च मूल्यांकन गर्दा सामाजिक पुँजी बढ्दै जाने र भविष्यका लागि पनि यस्तो सामाजिक पुँजी निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास गरिएको बताए । वडाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरुलाई उच्च सम्मान गर्ने सोचले कार्यक्रम राखिएको वडाध्यक्ष गुरुङले बताए ।
कार्यक्रम अन्तर्गत एकजनालाई श्रीगौरव पदक, २ जनालाई श्रीरत्न पदक र सात जनालाई श्रीगरिमा पदक प्रदान गरिनेछ । वडाको सर्वोत्कृष्ट सम्मानको रुपमा रहेको गौरव पदकमा आधा तोला सुनको तक्मा, सम्मानपत्र र दोसल्ला हुने छ । उत्कृष्ट सम्मानको रुपमा रहेको श्रीरत्न पदकमा ३ तोला चाँदीको तक्मा सम्मानपत्र र श्रीगरिमा पदकमा १ तोला चाँदीको तक्मा, सम्मानपत्र र दोसल्ला प्रदान गरिने छ ।
यसअघि नै वडा समितिको निर्णय बमोजिम ठाकुरप्रसाद घिमिरेको संयोजकत्वमा सात सदस्यीय नागरिक सम्मान छनोट समिति गठन गरिएको थियो । समितिले विभिन्न मापदण्ड तयार पारी टोल विकास संस्था, आमा समूह लगायत विभिन्न संस्थाहरुद्वारा नेतृत्वमा रहेका र सामाजिक व्यक्तित्वहरुको नाम आह्वान गरी सोही मापदण्डको आधारमा १० जना व्यक्तिहरुको नाम सिफारिस गरिएको थियो ।
उक्त समितिको सिफारिस र वडा समितिको निर्णय बमोजिम सम्मान प्रदान गर्न लागिएको हो । सम्मान एउटा ऐतिहासिक र अनुपम कार्य हुने विश्वास लिइएको र यसले सामाजिक पुँजी निर्माण गर्दै समाजका युवालाई समाज सेवामा उत्प्रेरित गराउने विश्वास लिइएको वडा सचिव दुर्गा न्यौपानेले बताएकी छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया