सहिद स्मृति पुस्तकालयको वृत्तचित्र

समाधान संवाददाता २०८१ जेठ २३ गते ११:४४

पोखरा ।
पोखरामा आयोजना गरिएको सार्वजनिक तथा सामुदायिक पुस्तकालयको प्रदेशस्तरको गण्डकी प्रदेश सम्मेलन गत जेठ १९ र २० मा भएको छ ।

Advertisement

प्रदेश भित्रका सहभागी पुस्तकालय सञ्चालन गरेका संस्थाहरुले सम्मेलनमा पुस्तकालयका गतिबिधि झल्कने टिपोर्ट रिपोर्ट फ्लेक्स प्रिन्ट, पावरपोइन्ट तथा वृत्तचित्रबाट पुस्तकालय परिचय दिएका थिए ।


पोखराको सामुदायिक पुस्तकालय अरुणोदय पुस्तकालय आदर्श पुस्तकालय स्याङ्जाको जनता पुस्तकालय लगायतको प्रदर्शनी मार्फत परिचय देखाइएको थियो । पोखरा ५ मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजद्वारा सञ्चालित सहिद स्मृति पुस्तकालय को ६ मिनेट ३६ सेकेन्डको वृतचित्र प्रदर्शन गरिएको थियो ।

Advertisement


वृतचित्र लेखन तथा स्वरांकन संस्थाका पूर्व अध्यक्ष धनबहादुर नेपाली र फोटोचित्र संकलन नारायण केसीले गरेका थिए । वृतचित्रमा पुस्ताकालय स्थापनादेखि हालसम्म सञ्चालन हुँदा देखिएका अवसर उपलब्धिबारे चर्चा गरिएको थियो ।


प्रदेश स्तरको सम्मेलनमा पुस्ताकालयद्वारा यस्ता सृजनात्मक गतिबिधि प्रदर्शन गर्न पाउनु सबै संस्थालाई प्रेरणा थप्ने कार्य भएको समाजका अध्यक्ष कमला गौतमको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया