प्राइम बैँक र केयरमार्क हस्पिटलबीच सम्झौता

समाधान संवाददाता २०८१ जेठ २३ गते ११:५६

पोखरा ।

Advertisement

केयरमार्क हस्पिटल र प्राइम कमर्सियल बैँक लिमिटेडबीच ग्राहक तथा कर्मचारीलाई बिशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


सम्झौतामा प्राइम कमर्सियल बैँक लेकसाइड शाखाका शाखा प्रवन्धक दिनेशकुमार श्रेष्ठ एवं पोखरा लेकसाइड स्थित केयरमार्क हस्पिटलका प्रबन्ध निर्देशक डा. शंकर पोखरेलले हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटल को सेवा, सुविधा लिएबापत बिल भुक्तानीमा १०% र प्राइम बैँकका कर्मचारीले १५% सम्म छुट पाउनेछन् ।


यो सेवा, सुबिधा प्राप्त गर्न ग्राहकले बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैँकिङद्वारा बिल भुक्तानी गर्नुपर्ने छ । प्राइम बैँकका कर्मचारीले कर्मचारी परिचय पत्र देखाउनुपर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया