मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

समाधान संवाददाता २०८१ जेठ २४ गते ११:२४

काठमाडौं ।
मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमा नासा नेपालले मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका ९ जनालाई मंगलबार अवार्ड प्रदान गरेको हो ।

Advertisement


१५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्न भएका राइडर, ड्राइभर र प्रमोटरलाई समावेश गर्दै जनही नगद २० हजार रुपैयाँसहित अवार्ड वितरण गरिएको नासा नेपालले जनाएको छ ।

सम्मानित हुनेमा टीएसडी र्‍याली ड्राइभर उपेन्द्र प्याकुरेल, मोटर–मोटर साइक्लिङ रेसिङ वर्षा बस्नेत, मोटर साइक्लिङ (अफरोड) सुन्दर होना (भिम), मोटर स्पोर्ट्स (अटो जिमखाना) आशीष भारती, मोटर साइक्लिङका रोड रेसिङ राजकुमार कार्की, टू ह्विल टुरिङका प्रमोद श्रेष्ठ, मोटो भ्लगरकी सुरक्षा केसी, गल्स अन द ट्र्याककी सुनिता देसार, रोड रेसिङ नेसनल टू ओभरसिजका विक्रम थापा छन् ।

Advertisement


कार्यक्रमका अवार्ड विजेतालाई मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ, राखेपका बोर्ड सदस्य तथा इस्पोर्ट्स संघका अध्यक्ष अन्जन धमला, स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, एफआईए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई लगायतले पुरस्कृत गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया