३१ गते डुंगा दौड प्रतियोगिता हुने

पोखरा ।
पोखरा फेवातालमा जेठ ३१ गते फेवा डुंगा दौड प्रतियोगिता हुने भएको छ । फेवा डुंगा व्यवसायीको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
फेवा डुंगा व्यवसायी संगठनको स्थापना दिवसका अवसरमा पोखराको पर्यटन पर्वद्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।
प्रतियोगितामा सहभागी हुन टीममा ३ जना हुनु पर्नेछ । पुरुषतर्फ २१ सय मिटर र महिलातर्फ १५ सय मिटर दौड हुने संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले बताए । प्रतियोगितामा ४० टीम सहभागि हुने अनुमान रहेको उनको भनाइ छ ।
पुरुषतर्फ क्रमशः प्रथम, द्धितिय र तृतिय हुनेले ३० हजार, २० हजार र १० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै महिलातर्फ क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार २० हजार, १५ हजार र १० हजार र प्रमाणपत्र रहेको छ ।
प्रतियोगिताको अनुमानित खर्च २ लाख ४० हजार छ भने दर्ता शुल्क ३ सय छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया