भूमिअधिकार मञ्चको बैठक

समाधान संवाददाता २०८१ जेठ २५ गते १६:४४

पोखरा ।

Advertisement

राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश मञ्चको बैठक एवं अभिमुखीकरण बिहीबार भएको छ ।


कार्यक्रममा मञ्चका राष्ट्रिय अध्यक्ष ल्यामबहादुर दर्जी र केन्द्रीय सदस्य निर्मल नेपालीलेसहजीकरण गरेका थिए भने नवलपुर, गोर्खा, तनुहँ, कास्की, पर्वत र वाग्लुङ जिल्लाका ३६ जना अध्यक्ष तथा पदाधिकारीको उपस्थिति थियो ।

Advertisement

सो अवसरमा जिल्लागत समीक्षा, प्रदेश मञ्चको साङ्गठनिक प्रतिवेदन, राष्ट्रिय मञ्चको साङ्गठनिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै वार्षिक योजनासम्बन्धी निर्णय भएको छ ।


गत जेठ २० गते दाङ जिल्लामा भएको गुठी आन्दोलनमा घाइते मञ्चका सदस्यहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथैै घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको गण्डकी प्रदेश मञ्चका अध्यक्ष रामबहादुर लामिछानेले बताए ।

Advertisement


कार्यक्रममा प्रदेश उपसचिव मोहनप्रसाद गुरुङ, कास्की अध्यक्ष प्रेमबहादुर गुरुङ, गण्डकी कोषाध्यक्ष धनकुमारी गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका निवर्तमान प्रवक्ता आसबहादुर गुरुङ, मञ्चका केन्द्रीय सदस्य मनरुपा कुमाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया