जनप्रिय क्याम्पसमा तथ्यांक व्यवस्थापन तथा विश्लेषण कार्यशाला

समाधान संवाददाता २०८१ जेठ २५ गते १६:५३
म्याग्दीको मालिका गाउँपालिका–६ स्थित के वि एकेडेमीमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थी बारीमा तरकारी खेतीका लागि जमिन सम्याउँदै । विद्यालयले प्रयोगात्मक कृषि शिक्षा सुरु गरेको छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस

पोखरा ।
पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तथ्यांक व्यवस्थापन तथा विश्लेषणसम्बन्धी ३ दिने कार्यशाला गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भई क्युएएको तेस्रो चक्र पूरा गरेको क्याम्पसको आयोजनामा कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताए ।

Advertisement


विजुक्छेले अनुसन्धानका लागि तथ्यांक व्यवस्थापन र विश्लेषण महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागिताका लागि शुभकामना दिए । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्राज्ञिक अनुसन्धानलाई लक्ष्य गरी आयोजित गोष्ठी अनुसन्धान कार्य गर्न फलदायी हुने बताउँदै विश्लेषणात्मक क्षमताको विकास गर्न आग्रह गरे ।


गोष्ठीमा पृथ्वीनारायण क्याम्पस, कन्या बहुमुखी क्याम्पस, गुप्तेश्वर बहुमुखी क्याम्पस, भद्रकाली बहुमुखी क्याम्पस, कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस, आदिकवि भानुभक्त क्याम्पसका ३० जनाको सहभागिता छ ।

Advertisement


विश्वविद्यालय अनुदान आयोगको सहयोगमा आयोजित गोष्ठीको सहजीकरणका लागि स्रोत व्यक्तिहरू प्राडा विकासकुमार केसी, डा. अच्युत ज्ञवाली, माधव बराल, राजेन्द्र उपाध्याय आनन्द ढुंगाना छन् ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काको सभापतित्वमा सञ्चालित गोष्ठीमा सहायक क्याम्पस प्रमुख मेखराज पौडेलले उद्देश्यमाथि प्रकाश पारेका थिए । प्रशासक एकनारायण अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया