२ स्कुललाई रोटरीको साथ

पोखरा ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्णले बिहीबार पोखरा–३३, वागमारा र पोखरा–२१, निर्मल पोखरीमा रहेको विद्यालयलाई साइन्स ल्याबका सामग्री, स्टेसनरी तथा खेलकुद सामग्री सहयोग गरेको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सको प्रायोजन रहेको कार्यक्रममा वागमाराको सत्यसाई विद्याश्रमलाई साइन्स ल्याब सामग्री तथा निर्मल पोखरीको जनचेतन माविका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्रीहरु सहयोग गरेको छ ।
विज्ञान प्रयोगशालाका लागि १२० थान साइन्स ल्याब सामग्री र जनचेतना माविका १५० भन्दा बढी विद्यार्थीहरुलाई स्टेसनरी तथा खेलकुद सामग्री गरी २ वटा स्कुललाई करिब १ लाख ५० हजारको सहयोग प्रदान गरिएको क्लबका अध्यक्ष तोयबहादुर भट्टराईले बताए ।
बागमारामा भएको कार्यक्रममा विद्याश्रमका प्रधानाध्यापक विश्व खनाल, सन नेपाल लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश कार्यालय प्रमुख बाबुराम पौडेल, युवा उद्यमी किरण केसी लगायतले बोलेका थिए । त्यसै गरी निर्मलपोखरीमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडल, विव्यस अध्यक्ष दुर्योधन गिरी, भूपू विद्यार्थी मञ्चका अध्यक्ष केबल गिरी लगायतले क्लबलाई धन्यवाद दिएका थिए ।
रोटरी क्लबका संस्थापक अध्यक्ष देवराज चालिसेले रोटरी क्लबले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको वताउँदै सुखमा हुर्केका विद्यार्थीहरुभन्दा दुखमा हुर्केका विद्यार्थीहरु पढाइमा तेज हुने भन्दै स्रोत साधन भएन भनेर निरास हुन नहुने बताए ।
क्लबका अध्यक्ष तोयबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निकेशप्रसाद कर्माचार्यले गरेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया