फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु
समाधान संवाददाता
२०८१ जेठ २७ गते १०:४६

पाेखरा ।
पाेखरा १७ छाेरेपाटनमा रहेकाे फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार पोखरामा एक जनाको मृत्यु भएको छ । पर्वतकाे कुश्मा नगरपालिका वडा नम्बर १३ घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने बर्ष २८ का विश्वास सुवेदीकाे मृत्यु भएकाे हाे ।
पौडी खेल्ने क्रममा मानिस डुबेर बेपत्ता भएको भन्ने खवर प्राप्त भएपछि खटिएको विशेष खोज, उद्वार एवं गोताखोरको टोली तत्कालै परिचालन भई खोलाको २५ फिट गहिराईमा अड्किएर बसेको अवस्थामा शनिबार साँझ ६ः४५ बजे शव निकालिएको सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको शर्माले बताए ।
सम्बन्धित









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया