पोखरा २१ मा शिविर
समाधान संवाददाता
२०८१ जेठ २७ गते ११:२०
पोखरा ।
पोखरा २१ शिवालयमा शनिबार निःशुल्क स्वास्थ शिबिर भएको छ । दीर्घायू पोखरा हस्पिटल प्रालिको प्राविधिक सहयोग र नमुना बहुउद्देश्यीय सहकारीको आयोजनामा भएको शिविरमा २ सय १६ जनाको जाँच गरिएको छ ।
शिविरमा पोखरा २१ का अध्यक्ष दीपक सुवेदीले वडाबासी गाउँमै सेवा दिएकोमा आभार व्यक्त गरे । नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष भोजराज पौडेलले सहकारीले शिविर गरी सामाजिक उत्तरदायित्व बहन गरेको जनाए ।
शिविरमा प्रमुख संयोजक शालिकराम गौतमले स्थानीयका समस्या निदान गर्न र स्वास्थ्यबारे सचेत बनाउन यस्ता कार्यक्रमले सहयोग गर्ने जनाए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया