अटोवेजको शाखा वीरगन्जमा

समाधान संवाददाता २०८१ जेठ २७ गते ११:४१

पाेखरा ।

Advertisement

बुल मसिन इन्डिया प्रालिको नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रालिले आफ्नो पाँचौ शाखा औद्योगिक नगरी वीरगन्जमा सुरु गरेको छ । अटोवेज प्रालिकी निर्देशक सन्ध्या पौडेल र मधेस प्रदेश सभासद श्याम पटेलले शाखाको संयुक्त रूपमा उद्घाटन गरे ।


अटोवेज प्रालि नेपालको पोखरामा मुख्य कार्यालय छ । यो विभिन्न व्यवसायमा लगानी गरेको एक अग्रणी औद्योगिक घराना हो । पोखरामा अटोवेज प्रालिले मणिपाल टिचिङ अस्पताल, स्विफ्ट ट्राभल, होटेल, हाइड्रोपावर, प्रतिभा कलेज, र विगत २५ वर्षदेखि अटो व्यवसाय अन्तर्गत टोयोटा र आयसर लगायत गाडीहरू र कोमात्सु मेसिनहरुको बिक्री गर्दै आइरहेको छ ।

Advertisement


वीरगन्ज शाखा उद्घाटनपछि निर्देशक पौडेलले बिक्री, र बिक्रीपछिका सम्पूर्ण सेवाको शुभारम्भ एकै स्थान बाट उपलब्ध हुने बताइन् । आगामी एक वर्षभित्र नेपालभरका प्रमुख सबै सहरहरुमा बुल मसिनको बिक्री सेवा सुरु हुने जानकारी उनले दिइन् । हाल पोखरामा मुख्य कार्यालय रही काठमाडौँ कर्पोरेट कार्यालय रहेको अटोवेजको चितवन, बुटवल, इटहरी र दाङमा यसअघि नै शाखा विस्तार भइसकेको छ ।


बुल इन्डियाबाट उत्पादित ४५ हर्ष पावरदेखि १०० हर्ष पावरका ब्याकु लोडर, लोडर, लगायत निर्माण कार्यमा प्रयोग हुने कन्स्ट्रक्सन इक्युप्मेन्टहरु वीरगन्जबाट पनि बिक्री हुनेछन् । प्रदेश सभासद पटेलले वीरगन्जमा शाखाको उदघाटनले वीरगन्जको गरिमा अझै बढाउने विश्वास व्यक्त गरे ।

Advertisement


अटोवेज ग्रुपका अध्यक्ष नारायणप्रसाद पौडेलले पठाएको शुभकामना सन्देश कार्यक्रममा सुनाइएको थियो । वीरगन्ज शाखा प्रमुख मनोजकुमार सिंहले उचित मूल्यमा गुणस्तरीय मसिन बिक्री एवं बिक्रीपछिको सेवामा चौबिसै घन्टा उपलब्ध गराउन तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया