आमा समूह र टोल विकासको भवन

लेखनाथ ।
पोखरा २७ रहेका रहेको लेखनाथ समुदायिक आमा समूह र पण्डितथर टोल विकास संस्थाले करिव १७ लाखमा भवन निर्माण गरेका छन् । दुवै संस्थाले कार्यक्रमका लागि आवश्यक भवन संयुक्त रुपमा प्रयोग गर्ने गरी संयुक्त लगानीमा बनाएका हुन् ।
भवन शनिबर पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन गरे । भवनमा विभिन्न किसिमका कार्यक्रम गरी स्थानीयलाई आयआर्जनमा जोडिन उनले आग्रह गरे ।
भवन निर्माण समिति अध्यक्ष विष्णुमाया केसीको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता सरोज कोइराला, लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ, पण्डितथर टोल विकास संस्थाका अध्यक्ष राजकुमार ढकाल, भवन निर्माण समिति कोषाध्यक्ष सुनील बराल, भवन निर्माण समिति उपाध्यक्ष बलराम देवकोटा, टोल विकास संस्थाका सचिव रामबाबु बरालले पनि बोलेका थिए ।
कार्यक्रममा जग्गादाता सारदा कोइराला, लक्ष्मी कोइराला र चन्दादाता मुसिमाया खत्रीलाई सम्मान गरिएको थियो ।









मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया