एमालेसँग मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

पोखरा ।
प्रमुख विपक्षी दलका नेता खगराज अधिकारीलाई पत्र लेखेर विश्वासको मतमा समर्थन जनाइदिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आग्रह गरेका छन् । उक्त पत्र कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेको मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेका छन् ।
सर्वोच्चको परामेशपछि पाण्डे जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका छन् ।
पाण्डेले पठाएको पत्रमा भनिएको छ :
नेपालको संविधान र प्रदेश सभा नियमावली २०८० ले व्यवस्था गरे बमोजिम मैले यही मिति २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतको लागि प्रस्ताव पेश गर्ने व्यहोरा जानकारी गराउन चाहान्छु ।
स्थायित्व र जनआकांक्षा अनुरुप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ ।
राजनीतिक दलहरु बीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन मैले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावको पक्षमा यहाँ र यहाँको दलको सदस्यहरुले मतदान गरि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया