भिटोफ गण्डकीको गाउँले गाइड तालिम

पोखरा ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशको आयोजना एवम् जीवीकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजनाको सहयोगमा जेठ २४ गतेदेखि २६ गतेसम्म आवाशीय गाउँले गाइड तालिम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाको प्रतिनिधित्व हुने गरी माउन्ट कैलाश रिसोर्टमा सम्पन्न तालिममा ३१ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी(सापकोटा)ले जानकारी दिइन् । गाउँ पर्यटनको प्रभावकारिता अभिवृद्धिका लागि गाउँले गाइड तालिम आवश्यक महसुस गर्दै तालिम गराइएको उनले बताइन् ।
तालिममा डा. रामजी शर्मा, दीपेन्द्र पहारी, टीकाराम सापकोटा, सरस्वती गौतम, तारानाथ पहारी लगायतले प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा पोखरा पर्यटन परिषद्का का.वा.अध्यक्ष कृष्ण भण्डारीले यस किसिमको तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने बताए ।
भिटोफ गण्डकीका सल्लाकार गणेशबहादुर भट्टराईले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे । भिटोफ गण्डकीका अध्यक्ष शोभाकुमारी अधिकारी सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक डा. रामजी शर्मा, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्य, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, दीगो पर्यटन परियोजनाका नेशनल प्रोजेक्ट कोअर्डीनेटर श्रद्धा श्रेष्ठ, प्रोजेक्ट म्यानेजर धर्म दवाडी, भिटोफ गण्डकीका सचिव लक्ष्मण सुवेदी, प्रशिक्षार्थी चूडामणि छन्त्याल लगायतले बोलेका थिए ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया