मादी नागीधारमा नेतृत्व विकास तालिम

कास्की ।
कास्की जिल्लाको मादी गाउँपालिका ८, नागीधारमा महिलाहरुको क्षमता बढाउने उद्देश्यले सञ्चालित ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम शुक्रबार सम्पन्न भएको छ ।
तालिमको समापन समारोहमा बोल्दै वडा नम्बर ८ का अध्यक्ष प्रेमबहादुर गुरुङले महिलाहरुको अन्तर्निहीत क्षमतालाई उजागर गर्दै नेतृत्वको विकास गराउन तालिम निकै प्रभावकारी भएको बताए ।
यसअघि तालिमको उदघाटन समारोहमा बोल्दै मादी गाउँपालिकाकी उपाध्यक्ष कल्पना गुरुङले महिला दलित लगायतका लक्षित वर्गको सशक्तीकरणका लागि मादी गाउँपालिकाले विशेष महत्व दिएको बताएकी थिइन् ।
वडा नम्बर ८ की सदस्य मनकुमारीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा वडा सदस्य लालबहादुर गुरुङ, वडा सचिव सरोज थापाले लगायतले पनि मन्तव्य राखेका थिए ।
वडा कार्यालयको हलमा सञ्चालित तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए । तालिममा ८ नम्बर वडाका विभिन्न टोलका ४५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।
सहभागी प्रशिक्षार्थीहरुले समापन समारोहको कार्यक्रम सञ्चालन गर्नुका साथै तालिमका अनुभव पनि बाडेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया