सहकारी ठगीमुद्दामा फरार पक्राउ
समाधान संवाददाता
२०८१ जेठ २८ गते ११:१३
पोखरा ।
मित्र मिलन सहकारी ठगीसम्बन्धी मुद्दाका फरार २ प्रतिवादी पक्राउ परेका छन् । पोखरा २१ कृस्ती बस्ने वर्ष ३० का भरत भट्टराई र सोही ठाउाँका २८ वर्षीय सुवास अधिकारी पक्राउ परेका हुन् ।
भट्टराई मित्र मिलनका पूर्वअध्यक्ष हुन् भने अधिकारी सो सहकारीका सदस्य होइनन् । मित्रमिलनको बचत तथा सम्पत्ति हिनामिना एवं ठगी कसूरमा संलग्न उनीहरुलाई शुक्रबार वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले तनहुँको शुक्लागण्डकी १ कोत्रेबाट पक्राउ गरेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया