न्यू ग्यालेक्सी स्कुलमा विविध कार्यक्रम

पोखरा ।
न्यू ग्यालेक्सी हाइयर सेकेन्डरी स्कुलले एसइई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गरी विविध कार्यक्रम गरेको छ । विद्यार्थीलाई लक्षित फुटसल, बास्केटबल, अनलाइन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरिएको हो ।
फुटसलतर्फ बिटी ट्रेनिड्ड सेन्टर प्रथम रतुवा एफसी द्वितीय भएका थिए । प्रथमलाई नगद ३० हजार र दोस्रा हुनेलाई १५ हजार, ट्रफी, मेडल प्रदान गरिएको थियो । छात्र बास्केटबलतर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भएका थिए । प्रथमलाई २० हजार र दोस्रालाई १० हजार ट्रफी र मेडल प्रदान गरिएको थियो ।
छात्रा बास्केटबलतर्फ मर्दी हिमाल प्रथम र पश्चिमाञ्चल दोस्रो भएका थिए । प्रथमलाई ८ हजार र दोस्रोलाई ५ हजार, ट्रफी र मेडल प्रदान गरिएको थियो । अनलाइन प्रश्नोत्तरतर्फ प्रथम हुने अनुसा श्रेष्ठ, द्वितीय हुने दीपिका थापा र तृतीय हुने विपिन अधिकारीलाई क्रमशः नगद १५ हजार, ८ हजार र ५ हजार प्रदान गरिएको विद्यालयका प्रिन्सिपल डा. रामजी शर्माले जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभाकी उपसभामुख विनाकुमारी थापाले शिक्षामा निजी क्षेत्रले गरेको लगानी र योगदान ठूलो रहेको जनाइन् ।
न्यू ग्यालेक्सी हाइयर सेकेन्डरी स्कुलका निर्देशक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन कास्कीक अध्यक्ष हेमन्त अधिकारी, नेपाल ओलम्पिक कमिटी स्पोर्टस फर अल कमिसन गण्डकी प्रदेशका अध्यक्ष खड्गबहादुर रानाभाट, विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठ, मिस एसइइ गण्डकी निर्देशक सुरज मगर लगायतले बोलेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया