कास्की सहकारीको बचत तालिम

पोखरा ।
कास्की बचत तथा ऋण सहकारी संस्थाले वार्षिक नीति तथा बजेट निर्माणसम्बन्धी दुई दिने तालिम आयोजना गरेको छ ।
तालिममा कास्की बचत तथा ऋण सहकारीमा आवद्ध कास्की जिल्ला विभिन्न सहकारीबाट सञ्चालक, कार्यकारी प्रमुख तथा व्यवस्थापक गरी ४९ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक तथा संस्थाका कोषाध्यक्ष केशवशरण पौडेलले जानकारी दिए । तालिममा नेफ्स्कुन पूर्व कार्यकारी प्रमुख कुवेर निरौलाले सहजीकरण गरेका छन् ।
कार्यक्रममा पोखरा महानगर पालिका सहकारी महाशाखाका अध्यक्ष रविरमण तिवारीले सहकारीका ऐन, नियम र कानुनको उल्लंघन गर्ने छुट कसैलाई नभएको जनाए । कास्की बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार सुदीप ढकालले सदस्य केन्द्रीय भएर संस्था सञ्चालन गरेमा सहकारी समस्यामा नपर्ने उल्लेख गरे ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष भेषराज बराल, सहभागी डम्बरसिंह वस्नेत, शान्ति अधिकारी संस्थाका उपाध्यक्ष ईश्वर्प्रसाद सुवेदी र सचिव मीनराज तिमिल्सिनाले बोलेका थिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया