कालीगण्डकी करिडोरमा योजना आयोगको टोली

जोमसोम ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसहितको टोली आइतबार बेनी जोमसोम कोरला सडक अनुगमन गर्दै जोमसोम आइपुगेको छ ।ठुला आयोजनाको अनुगमन तथा सहजीकरण निर्देशिका २०८० को उपदफा ४ बमोजिम कालिगण्डकी करिडोर सडकको नतिजामूलक अनुगमन गर्न योजना आयोगका उपाध्यक्षसहितको टोली मुस्ताङ आएको हो ।
नतिजामूलक स्थलगत अनुमगन समितिले राष्ट्रिय गौरवको आयोजनामा देखिएका समस्या र चुनौती यकिन गरी ठोस कार्ययोजना निर्माण गर्ने उद्देश्यले योजना आयोगका उपाध्यक्षसहितको जम्बो टोली बेनी जोमसोम सडकको अनगुमन गर्दै जोमसोम आइपुगेको हो ।
तिब्बत र उपल्लो मुस्ताङसँग सीमाना जोडिएको कोरला नाकासम्मको सडक अनुगमनका लागि योजना आयोगका उपाध्यक्ष श्रेष्ठसहित प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सहसचिव लगायत यहाँ आएका हुन् । कोरला सडक अनुगमनअघि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा राष्ट्रिय गौरवको कोरला सडकको बिषयमा अन्तक्र्रिया गरिएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित म्याग्दी, बागलुङ र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु कार्यक्रममा सहभागी थिए । मुस्ताङका प्रजिअ पन्तले कोरला सडकमा देखिएका बेथिति, ढिलासुस्ती र चुनौतीका बिषयमा राष्ट्रिय योजना आयोगको ध्यानार्कषण गराए ।
कोरला सडकका आयोजना प्रमुख धु्रव झाले कोरला सडकको अनुगमन हुने गरेको भए पनि अहिलेको स्थलगत अनुगमन नतिजामूलक परिणाम निकाल्ने गरी भएको दाबी गरे । सोमबार जोमसोमबाट कोरला नाकासम्मको सडक अनुगमन गर्ने तय छ ।
२०७३/०७४ देखि सुरु गरिएको बेनी जोमसोम कोरला सडकको पछिल्लो भौतिक प्रगति ८२ प्रतिशत र वित्तीय प्रगती ७८ प्रतिशत छ । आयोजना अन्तर्गत हालसम्म कोरला सडकमा ७ अर्ब ५ करोड ७ लाख ४८ हजार खर्च भइसकेको छ । आव २०८०/०८१ सम्म आयोजनालाई ८ अर्ब ३८ करोड बजेट विनियोजन भएको थियो ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया