कीर्तिको कृति प्रकाशन गर्ने चाहना पूरा
पोखरा ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रज कीर्तिराज बरालको राजनीतिक, साहित्यिक, सामाजिक र शैक्षिक क्षेत्रका सिर्जनालाई समेटेर पुस्तक प्रकाशन गरिएको छ । पोखरा १३ आर्वा स्वाँरा माझघरका बरालको ८७ औं जन्म जयन्तीको अवसरमा ‘कीर्तिका रचना विविध’ नामक पुस्तक आइतबार लोकार्पण गरियो ।
कीर्तिराजद्वारा लिखित विविध रचना संगहमा आत्मवृतान्त, यात्रा स्मरण, घटनाक्रम, साहित्य विविध, वेदान्ती चरणका भजन र बराल वंशावली समेटिएको छ । साहित्यकार सरुभक्तले कृति लोकार्पण गर्दै कीर्तिका यात्रा स्मरण, साहित्यिक अभिरुचिलाई जीवनीमा समेटेर कृति प्रकाशन गरिएको बताए ।
हरेक व्यक्तिलाई आफ्नो जीवनलाई सार्थक बनाउन कृति प्रकाशन गर्ने चाहना सबैलाई हुने उल्लेख गर्दै उनले कीर्तिको कृति प्रकाशन गर्ने अभिलाषालाई परिवारले पूरा गरेको चर्चा गरे । ‘कीर्तिले जीवनका घटनाक्रम यात्रा स्मरणलाई लिपिबद्ध गरेर राखेका थिए ।
जसलाई कृतिको रुपमा छाप्नको लागि परिवारलाई आदेश दिएका थिए,’ उनले भने, ‘कीर्तिले साहित्य, शैक्षिक, राजनीतिक क्षेत्रमा गरेको योगदानलाई जीवन्त राख्न परिवार सफल भएको छ । पिताको आदेशलाई पालना गरेर छोराछोरीले पुस्तकको रुपमा प्रकाशन गरेका छन् ।’ उनले यात्रा स्मरण र नियात्रा साहित्यमा लोकप्रिय भएको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातान्त्रिक आन्दोलन, शैक्षिक क्षेत्रमा योगदान पुर्याएको कीर्तिका बारेमा जान्न र बुझ्ने अवसर किताबबाट मिल्ने उल्लेख गरे । उनलाई जान्ने र बुझ्ने विषय किताब पढेपछि परिपक्व बन्ने उनको भनाइ छ ।
प्राध्यापक रामेश्वर बरालले कृतिको समीक्षा गर्दै कीर्तिका आत्मवृतान्त, जीवनी, यात्रा स्मरण र साहित्य क्षेत्रका प्रमुख रचना पुस्तकमा समेटिएको जानकारी दिए । उनले कृतिमा आर्वाको रतन पाण्डे मन्दिर र महाप्रभुधामको स्थापनाको विषय समेत समेटिएको बताए । कार्यक्रममा परिवारको तर्फबाट शिवबहादुर बरालले कीर्तिको जीवनी प्रस्तुत गरे ।
कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, तारा पाखे, पार्वतीदेवी बराल, भवसागर बराल, रसोधा सुवेदी बराल लगायतले सामाजिक जागरण ल्याउन कीर्तिराजको योगदानमाथि चर्चा गरे ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया