मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा राखे विश्वासको मत सम्बन्धी प्रस्ताव

समाधान संवाददाता २०८१ जेठ २८ गते १५:३५

पोखरा ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सभामा राखेका छन् । उनी वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संपैधानिक व्यवस्था अनुसार उनले सोमबार त्यससम्बन्धी प्रस्ताव राखेका हुन् ।

Advertisement

अब मत विभाजनका आधारमा विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो हुनेछ ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।
असार १ गते प्रदेश सरकारले आउँदो वर्षको बजेट ल्याउनुपर्ने वैधानिक व्यवस्था छ ।

Advertisement

तपाईको प्रतिक्रिया