राप्रपाले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिने
समाधान संवाददाता
२०८१ जेठ २८ गते १५:४३

पोखरा ।
दुई सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गण्डकी प्रदेका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत दिने भएको छ ।
मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेपछि बोल्दै राप्रपा सांसद पञ्चराम गुरूङले पाण्डे सरकारलाई समर्थन गर्ने बताए ।
पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संपैधानिक व्यवस्था अनुसार उनले सोमबार त्यससम्बन्धी प्रस्ताव राखेका हुन् ।
अब मत विभाजनका आधारमा विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो हुनेछ ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।
असार १ गते प्रदेश सरकारले आउँदो वर्षको बजेट ल्याउनुपर्ने वैधानिक व्यवस्था छ ।
सम्बन्धित







फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु
ओलीको टोलीमा गण्डकीका ४ दर्जन
हाटबजार र कृषि प्रणाली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया